गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अक्टोबर › अक्टोबर 9
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 अक्टोबर 9
शनिबार · सामान्य कालको 27औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 27औँ हप्ताको शनिबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
सन्त डेनिस, बिशप, र साथीहरू, शहीद · ऐच्छिक स्मृति-दिवस
सन्त जोन लियोनार्डी, पुरोहित · ऐच्छिक स्मृति-दिवस
सन्त जोन हेनरी न्युम्यान, पुरोहित र मण्डलीका आचार्य · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
12जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्लेर आऊन्। किनकि वरिपरिका सबै जातिको न्याय गर्न, म त्यहीं बस्नेछु। 13हँसिया बोक, किनकि फसल पाकेको छ। आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ। घ्याम्पोहरू भरिएर पोखिन्छन्, किनकि तिनीहरूका दुष्टता विशाल छ।” 14त्यहाँ होहल्ला छ, इन्साफको बेसीमा कोलाहल छ। किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ। 15सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन्। 16सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ। आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्ला हुनुहुनेछ। 17“यसैले, परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ, म आफ्नो पवित्र पर्वत सियोनमा बास गर्छु। तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्नेछैन। 18त्यो दिनमा यस्तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्नेछ, र परमप्रभुको मन्दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ। 19यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्थान हुनेछ। 20तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ। 21मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्छ।”
प्रत्युत्तर भजन
1परमप्रभुले राज्य गर्नुहुन्छ। पृथ्वी आनन्दित होस्। धेरैवटा समुद्री किनार खुसी होऊन्। 2बादल र अन्धकारले उहाँलाई घेर्छन्। धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो। 5परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन्। 6आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन्। 11धार्मीहरूका निम्ति ज्योति प्रकट हुन्छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ। 12ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ। अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ।
सुसमाचार
27उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्त्रीले भिडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन्।” 28तर उहाँले भन्नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन्।”
आजका सन्तहरू
- सन्त डेनिस, बिशप, र साथीहरू, शहीद
- सन्त जोन लियोनार्डी, पुरोहित
- सन्त जोन हेनरी न्युम्यान, पुरोहित र मण्डलीका आचार्य
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार