गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अगस्ट › अगस्ट 2
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 अगस्ट 2
सोमबार · सामान्य कालको 18औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 18औँ हप्ताको सोमबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
भेर्चेल्लीका सन्त युसेबियस, बिशप · ऐच्छिक स्मृति-दिवस
सन्त पिटर जुलियन एमार्ड, पुरोहित · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
4केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्न थाले। तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे। अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?” 5हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ। 6अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्ने जत्ति सबै थोक मन्न मात्र हो।” 7मन्न धनियाँको बिउजस्तो थियो। यो हेर्दा खोटोजस्तो देखिन्थ्यो। 8मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे। तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे। यो ताजा जैतूनको तेलको स्वादको थियो। 9छाउनीमा राती शीत पर्दा मन्न पनि झर्थ्यो। 10मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए। परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्टिमा गलत थियो। 11मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको? तपाईं किन मसँग खुसी हुनुहुन्न? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ। 12के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्नुहुन्छ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्नुपर्ने? 13यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्दै मेरो सामु रोइरहेका छन्। 14यी सबै मानिसलाई म एक्लै बोक्न सक्दिनँ। तिनीहरू मेरो निम्ति अति धेरै भएका छन्। 15तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्नु नपरोस्।”
प्रत्युत्तर भजन
11तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन्। इस्राएलले मेरा आज्ञा पालन गरेनन्। 12त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून्। 13ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए। मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए। 14तब म तुरुन्तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्नो हात फर्काउँथे। 15परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन्। 16इस्राएललाई म उत्तम गहुँ खुवाउँथें। तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्त पार्थें।”
सुसमाचार
13जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो। जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए। 14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो। उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो। 15जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो। भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून्।” 16तर येशूले उनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन। यिनीहरूलाई तिमीहरूले केही खान देओ।” 17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्।” 18येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ।” 19अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो। माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो। चेलाहरूले ती भिडहरूलाई दिए। 20तिनीहरू सबैले खाए र टन्न भए। त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले। 21त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए।
आजका सन्तहरू
- भेर्चेल्लीका सन्त युसेबियस, बिशप
- सन्त पिटर जुलियन एमार्ड, पुरोहित
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार