गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुलाई › जुलाई 19
अर्थोडक्स पात्रो · जुलाई 6 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 जुलाई 19
सोमबार · पेन्तिकोसपछिको पाँचौँ हप्ता · स्वर 3
पर्व र सन्तहरू
Venerable Sisoes the Great († 429)
उपवास
उपवास छैन
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
पत्र
4किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन। 5त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ। 15आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ। 16एक अर्काप्रति एउटै मनका होओ। अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर। आफ्नै विचारमा बुद्धिमान् नहोओ। 17खराबीको सट्टा खराबी नगर। सबै मानिसको नजरमा असल गर। 18सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस। 19प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ। 20“तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ। ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ। किनकि तिमीले यसो गर्यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ।” 21खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
सुसमाचार
9त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो। 10हेर, त्यहाँ एक जना हात सुकेको व्यक्ति थियो। येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?” 11येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला? 12त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ।” 13अनि येशूले त्यस व्यक्तिलाई भन्नुभयो, “तिम्रो हात पसार।” उसले आफ्नो हात पसार्यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको जुलाई 6 नागरिक पात्रोमा जुलाई 19 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार