Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुन › जुन 2

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जुन 2

बुधबार · सामान्य कालको 9औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 9औँ हप्ताको बुधबार

ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो

सन्त मार्सेलिनस र पिटर, शहीद · ऐच्छिक स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

यो अनुवादमा छैन

प्रत्युत्तर भजन

भजनसंग्रह 25:2–9

2हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु। मलाई अपमानित हुन नदिनुहोस्। मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस्। 3तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस्। विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन्! 4हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस्। तपाईंका मार्गहरू मलाई सिकाउनुहोस्। 5मलाई तपाईंको सत्यतामा डोर्‍याउनुहोस् र मलाई सिकाउनुहोस्। किनकि तपाईं मेरो उद्धारको परमेश्‍वर हुनहुन्छ। म दिनभरि तपाईंमा नै आसा गर्छु। 6हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्‍वस्तता सम्झनुहोस्। किनकि तिनीहरू सँधै अस्तित्वमा थिए। 7मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस्। हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्‍वस्ततामा मलाई सम्झनुहोस्। 8परमप्रभु असल र सोझो हुनुहुन्छ। यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ। 9उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।

सुसमाचार

मर्कूस 12:18–27

18त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए। तिनीहरूले उहाँलाई यसो भनेर सोधे, 19“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ।’ 20त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे। 21दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे। अनि तेस्रोलाई पनि त्यस्तै भयो। 22अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन। अन्तमा ती स्‍त्री पनि मरिन्। 23पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन्? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए। 24येशूले भन्‍नुभयो, “तिमीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र? 25किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन्। 26तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्‍वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ’ भन्‍नुभयो भन्‍ने पढेका छैनौ?” 27उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ। तिमीहरू गलत छौ।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार