Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुन › जुन 1

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जुन 1

मङ्गलबार · सामान्य कालको 9औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 9औँ हप्ताको मङ्गलबार

स्मृति-दिवस · धर्मविधिको रङ: रातो

सन्त जस्टिन, शहीद · स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

यो अनुवादमा छैन

प्रत्युत्तर भजन

भजनसंग्रह 112:1–2, 7–9

1परमप्रभुको प्रशंसा गर। परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो। 2त्यसका सन्तानहरू पृथ्वीमा शक्तिशाली हुनेछन्। भक्‍त मानिसका सन्तानहरू धन्यका हुनेछन्। 7त्‍यो खराब समाचारदेखि डराउँदैन। त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ। 8त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्‍म त्यसको हृदय विनाडर शान्त हुन्‍छ। 9त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ। त्यसको धार्मिकता सदासर्वदा रहन्छ। त्यसलाई आदरसाथ उच्‍च पारिनेछ।

सुसमाचार

मर्कूस 12:13–17

13अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए। 14तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्‍न। तपाईंले साँच्‍चै परमेश्‍वरको मार्ग सिकाउनुहुन्छ। कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौँ कि नतिरौँ?” 15तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ।” 16तिनीहरूले एउटा सिक्‍का येशूकहाँ ल्याए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कसको स्वरूप र छाप हो?” तिनीहरूले भने, “कैसरको हो।” 17येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै।” तिनीहरू चकित भए।

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार