गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जनवरी › जनवरी 24
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जनवरी 24
आइतबार · सामान्य कालको तेस्रो हप्ता
पर्व र सन्तहरू
सामान्य कालको तेस्रो आइतबार
आइतबार · धर्मविधिको रङ: हरियो
दिनका पाठहरू
पहिलो पाठ
1परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो, 2“उठ्, र त्यस ठुलो सहर निनवेमा जा र त्यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर्।” 3यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए। त्यस बेला निनवे अत्यन्तै ठुलो सहर थियो। त्यहाँ पुग्न तिन दिनको यात्रा गर्नुपर्थ्यो। 4योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ।” 5निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे। तिमध्ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्ग्रा लगाए। 10तिनीहरूले जे गरे त्यो परमेश्वरले देख्नुभयो। यसरी तिनीहरू आफ्ना दुष्ट मार्गहरूबाट फर्के। यसैले परमेश्वरले तिनीहरूलाई दिन्छु भन्नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन।
प्रत्युत्तर भजन
4हे परमप्रभु, तपाईंका मार्गहरू मलाई प्रकट गर्नुहोस्। तपाईंका मार्गहरू मलाई सिकाउनुहोस्। 5मलाई तपाईंको सत्यतामा डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्। किनकि तपाईं मेरो उद्धारको परमेश्वर हुनहुन्छ। म दिनभरि तपाईंमा नै आसा गर्छु। 6हे परमप्रभु, तपाईंका दयाका कामहरू र करारको विश्वस्तता सम्झनुहोस्। किनकि तिनीहरू सँधै अस्तित्वमा थिए। 7मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस्। हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्वस्ततामा मलाई सम्झनुहोस्। 8परमप्रभु असल र सोझो हुनुहुन्छ। यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ। 9उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
दोस्रो पाठ
29तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ। अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएजस्तो गरी जिऊन्। 30रुनेहरू नरोएको जस्तै गरी बसून्; खुसी हुनेहरू खुसी नभएझैँ गरी बसून र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैँ गरून्। 31अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभएझैँ व्यवहार गरून्, किनकी यो संसारको प्रणालीको अन्त्य हुँदै छ र यो बितेर जाँदै छ।
सुसमाचार
14अब यूहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। 15र भन्नुभयो, “समय पुरा भएको छ, र परमेश्वरको राज्य नजिकै छ। पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर। 16गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए। 17येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु।” 18तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे। 19जसै येशू हिँडेर अलि अगाडि पुग्नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्नालाई देख्नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए। 20उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे।
आजका सन्तहरू
- सन्त फ्रान्सिस डे सेल्स, बिशप र मण्डलीका आचार्य
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार