गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 डिसेम्बर › डिसेम्बर 31
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 डिसेम्बर 31
बिहीबार · ख्रीष्ट-जन्मोत्सव काल
पर्व र सन्तहरू
डिसेम्बर 31 — ख्रीष्ट-जन्मोत्सवको अष्टकको सातौँ दिन
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: सेतो
सन्त सिल्भेस्टर प्रथम, पोप · स्मरण
दिनका पाठहरू
पहिलो पाठ
18साना बालकहरू हो, यो आखिरी घडी हो। तिमीहरूले ख्रीष्ट विरोधी आइरहेको छ भनी सुन्दै छौ, अहिले पनि धेरै ख्रीष्ट विरोधीहरू आइसकेका छन्। यसद्वारा नै यो आखिरी घडी हो भन्ने हामी जान्दछौँ। 19तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन्। यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्ने देखाउन तिनीहरू गए। 20तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्य जान्दछौ। 21तिमीहरूले सत्य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्य नहुने हुनाले हो।
प्रत्युत्तर भजन
1परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ। हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ। 2परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन। उहाँको उद्धार दिनदिनै घोषणा गर। 11आकाश खुसी होस् र पृथ्वी आनन्दित होस्। समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस्। 12मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन्। वनका सबै रूखहरूले आनन्दले कराऊन्, 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ। उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ। उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ।
सुसमाचार
1सुरुमा वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो। 2उहाँ सुरुदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो। 3सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो। 5ज्योति अन्धकारमा चम्किन्छ, अनि अन्धकारले यसलाई जितेन। 6परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो। 7उहाँद्वारा सबैले विश्वास गरून् भनेर उहाँ ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो। 8यूहन्ना ज्योति थिएनन्, तर ज्योतिको बारेमा गवाही दिन भनेर उनी आए। 9उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो। 10उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन। 11उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्वीकार गरेनन्। 12तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो। 13यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए। 14अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो। हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ। 15यूहन्नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्यक्ति उहाँ नै हुनुहुन्छ।” 16किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ। 17किनकि व्यवस्था मोशाद्वारा दिइयो। अनुग्रह र सत्यता येशू ख्रीष्टद्वारा आयो। 18कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन। पिताको छातीमा अडेस लाग्नुहुने एक मात्र परमेश्वरले उहाँलाई चिनाउनुभएको छ।
आजका सन्तहरू
- सन्त सिल्भेस्टर प्रथम, पोप
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार