गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 डिसेम्बर › डिसेम्बर 9
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 डिसेम्बर 9
बुधबार · आगमन कालको दोस्रो हप्ता
पर्व र सन्तहरू
आगमन कालको दोस्रो हप्ताको बुधबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: बैजनी
सन्त हुआन डिएगो · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
25परमपवित्र भन्नुहुन्छ, “तब तिमीहरूले मलाई कोसँग तुलना गर्छौ, म कोजस्तो छु?” 26माथि आकाशमा हेर! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ। उहाँको शक्तिको माहन्ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन्। 27ए याकूब, तँ किन यसो भन्छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्वरले मेरो बदलाको वास्ता गर्नुहुन्न”? 28के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्वर, पृथ्वीको अन्तसम्मका सृष्टिकर्ता थकित वा हैरान बन्नुहुन्न। उहाँको समझको कुनै सिमा छैन। 29उहाँले थकितहरूलाई बल दिनुहुन्छ। अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ। 30जवान मानिसहरू पनि थकित र हैरान हुन्छन्, अनि जवानहरूले ठेस खान्छन् र ढल्छन्: 31तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई नयाँ बनाउनेछन्। तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन्। तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन्। तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन्।
प्रत्युत्तर भजन
1परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु। 2परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु। 3उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ। उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ। 4उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ। उहाँले तिमीलाई करारको विश्वस्तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ। 8परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ। उहा धैर्यवान् हुनुहुन्छ। उहाँमा महान् करारको बफादारी छ। 10उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्न।
सुसमाचार
28मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। 29मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ। 30किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ।”
आजका सन्तहरू
- सन्त हुआन डिएगो
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार