Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 23

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 नोभेम्बर 23

सोमबार · सामान्य कालको 34औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 34औँ हप्ताको सोमबार

ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो

सन्त क्लेमेन्ट प्रथम, पोप र शहीद · ऐच्छिक स्मृति-दिवस

सन्त कोलम्बान, मठाधीश · ऐच्छिक स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

प्रकाश 14:1–5

1मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ। उहाँसँग १,४४,००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए। 2मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ। मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो। 3धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए। पृथ्‍वीबाट ल्याइएका १,४४,००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो। 4यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए। यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन्। परमेश्‍वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन्। 5तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए।

प्रत्युत्तर भजन

भजनसंग्रह 24:1–6

1पृथ्वी र त्‍यसको पूर्णता, संसार र त्‍यसमा बसोवास गर्ने सबै परमप्रभुका हुन्। 2उहाँले त्‍यसलाई समुद्रहरूमाथि बसाल्नुभएको छ र त्‍यसलाई नदीहरूमाथि स्थापित गर्नुभएको छ। 3परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ? 4त्यो जसका हातहरू शुद्ध छन् र हृदय शुद्ध छ। जसले झुटलाई उचालेको छैन र छल गर्नलाई सपथ खाएको छैन। 5त्यसले परमप्रभुबाट आशिष्‌ र त्यसको उद्धारको परमेश्‍वरबाट धार्मिकता प्राप्‍त गर्नेछ। 6उहाँको खोजी गर्नेहरूका पुस्ता, याकूबका परमेश्‍वरको मुहार खोज्‍नेहरू यस्तै हुन्छन्। सेला

सुसमाचार

लुका 21:1–4

1येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो। 2उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो। 3यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई। 4यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए। तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्‍नका लागि जे-जति थियो सबै दिई।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार