गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 24
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 नोभेम्बर 24
मङ्गलबार · सामान्य कालको 34औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 34औँ हप्ताको मङ्गलबार
स्मृति-दिवस · धर्मविधिको रङ: रातो
सन्त एन्ड्रयु डुङ-लाक, पुरोहित, र साथीहरू, शहीद · स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
14मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ। उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो। 15त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस्। किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ।” 16तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीमा कटनी भयो। 17स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो। 18अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो। जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन्।” 19ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे। परमेश्वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए। 20सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो।
प्रत्युत्तर भजन
10जातिहरू माझमा भन, “परमप्रभुले राज्य गर्नुहुन्छ।” संसार पनि स्थापित भएको छ। यसलाई डगाउन सकिंदैन। उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ। 11आकाश खुसी होस् र पृथ्वी आनन्दित होस्। समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस्। 12मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन्। वनका सबै रूखहरूले आनन्दले कराऊन्, 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ। उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ। उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ।
सुसमाचार
5अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस्।” उहाँले भन्नुभयो, 6“जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन्।” 7त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन्?” 8येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर। धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ।’ तिमीहरू तिनीहरूका पछि नजाओ। 9जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन।” 10तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन्। 11त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन्। त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन्।
आजका सन्तहरू
- सन्त एन्ड्रयु डुङ-लाक, पुरोहित, र साथीहरू, शहीद
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार