गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 2
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 नोभेम्बर 2
सोमबार · सामान्य कालको 31औँ हप्ता
पर्व र सन्तहरू
सबै विश्वासी मृतकहरूको स्मरण (सबै आत्माहरूको दिन)
स्मरण · धर्मविधिको रङ: बैजनी
दिनका पाठहरू
पहिलो पाठ
17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ। प्रसन्नता के हो भनी मैले बिर्सेको छु। 18त्यसैले म भन्छु, “मेरो धैर्य नष्ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ।” 19मेरो कष्ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस्। 20म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु। 21तर म यो स्मरण गर्दछु। त्यसैले म आशा गर्दछुः 22परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन। 23ती हरेक बिहान नयाँ हुन्छन्। तपाईंको विश्वसनीयता महान् छ। 24मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ।” त्यसैले म उहाँमा नै आशा गर्दछु। 25परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ। 26मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ।
प्रत्युत्तर भजन
8परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ। उहा धैर्यवान् हुनुहुन्छ। उहाँमा महान् करारको बफादारी छ। 10उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्न। 13बुबाले आफ्ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ। 14किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्नुहुन्छ। हामी धूलो हौं भनी उहाँलाई थाहा छ। 15मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन्। मैदानको फूलझैं त्यो मौलाउँछ। 16त्यसमाथि हावा चल्छ र त्यो लोप हुन्छ, र त्यो कहाँ उम्रेको थियो भनी कसैले भन्न पनि सक्दैन। 17तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्वस्तता अनादिदेखि अनन्तसम्म रहन्छ। उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ।
दोस्रो पाठ
51हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ। 52हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ। किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ। 53किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। 54यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ।” 55“हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?” 56मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो। 57तर येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्वरलाई धन्यवाद होस्!
सुसमाचार
वा: यूहन्ना 12:23–26
25त्यस बेला येशूले भन्नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु। हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन्। 26हो, पिता, किनकि तपाईंको दृष्टिमा यही नै मनपर्दो थियो। 27मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ। अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन। 28मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। 29मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ। 30किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ।”
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार