खोजी गर्नुहोस् › पुराना नक्साहरू › प्रतिज्ञाको देश, लिएबोद्वारा कुँदिएको
नक्सा पूरा आकारमा खोल्नुहोस् (1491 × 3000)
पुराना नक्साहरू · लगभग 1720
प्रतिज्ञाको देश, लिएबोद्वारा कुँदिएको नक्साकार: Liebaux · वर्ष: लगभग 1720
एन्टिओखियादेखि मिश्रको किनारासम्मको प्रतिज्ञाको देशको अग्लो, साँघुरो नक्सा, यहोशूको पुस्तकमाथिको एउटा फ्रेन्च टीकाका लागि बनाइएको र भूगोलविद् लिएबोद्वारा कुँदिएको। यसले हरेक कुलको इलाका चिनाउँछ र धेरै ठाउँलाई दुई नाम दिन्छ, बाइबलीय र पछिको।
Library of Congress मा यो नक्सा
खण्डहरू यहोशू 13:1–7 परमप्रभुले यहोशूलाई यसो भन्नुहुँदा तिनी धेरै वृद्ध भएका थिए, “तँ धैरै वृद्ध भइस्, तर कब्जा गर्न बाँकी अझै धेरै भूमि छन्। अझै बाँकी रहेका भूमि यिनै हुन्ः पलिश्तीहरू र गशूरीहरूका सबै, मिश्रको पूर्वतिर पर्ने शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्कलोन, गात र एक्रोनका पाँच जना पलिश्ति शासकहरू र अव्वीहरूका क्षेत्र। दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म; गबालीहरूको भूमि, पूर्वतिरका सबै लेबनान, हर्मोन डाँडामुनि बाल-गाददेखि लेबो-हमातसम्म। साथै,लेबनानदेखि पहाडी देशका सबै बासिन्दादेखि सीदोनका सबै मानिसलगायत मिस्रपोतमैमसम्म। म उनीहरूलाई इस्राएलको फौजको सामु धपाउने छु। मैले तँलाई आज्ञा गरेबमोजिम इस्राएललाई त्यो भूमि उत्तराधिकारको रूपमा बाँडिदे। यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे।”
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0 ; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार