32इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्य सुरु गरे।
33तिनले राज्य गर्न सुरु गर्दा तिनी पच्चिस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यरूशा थियो। तिनी सादोककी छोरी थिइन्।
34परमप्रभुको दृष्टिमा जे ठिक थियो योतामले त्यही गरे। तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे।
35तापनि डाँडाका थानहरू हटाइएनन्। मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले। योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे।
36योतामको सम्बन्धमा भएका अरू कुराहरू र तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
37ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो।
38योताम आफ्ना पुर्खाहरूसित सुते र तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसँगै गाडिए। त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए।