8यहोयाकीनले राज्य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए। तिनले यरूशलेममा तिन महिना राज्य गरे। तिनकी आमाको नाउँ नहूश्ता थियो। उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन्।
9परमप्रभुले दृष्टिमा जे खराब थियो, तिनले त्यही गरे। आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे।
10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्यो र सहरलाई घेरा हाल्यो।
11बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,
12र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए। बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते।
13नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे। परमप्रभुले भन्नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले।
14तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे। देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन।
15नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे। तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे।
16लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्ति सुयोग्य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे।
17बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे।