Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › हिजकियादेखि योशियाहसम्म

राजाहरू र इतिहास सँगसँगै · हिजकियादेखि योशियाहसम्म

हिजकिया राजा हुन्छन्

२ राजाहरू 18:1–3 · २ इतिहास 29:1–2

२ राजाहरू

२ राजाहरू 18:1–3

1इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्ने सुरु गरे।

2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए। तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अबिया थियो। तिनी जकरियाकी छोरी थिइन्।

3आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे।

२ इतिहास

२ इतिहास 29:1–2

1हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अबिया थियो। तिनी जकरियाकी छोरी थिइन्।

2आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार