गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › यशैया 43:18–19
बाइबलको पद · ULB
यशैया 43:18–19
18“यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर।
19हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु। अब यो पुरा हुन सुरु हुन्छ। के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु।
पूरा अध्याय पढ्नुहोस्: यशैया 43
सन्दर्भमा
15म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्टिकर्ता, तेरो राजा हुँ।”
16परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
17जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्याउनुभयो। तिनीहरू एकसाथ ढले। तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन्। बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन्।)
18“यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर।
19हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु। अब यो पुरा हुन सुरु हुन्छ। के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु।
20खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्छु,
21यी मानिसहरू जसलाई मैले आफ्नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून्।
22तर ए याकूब, तैंले मलाई पुकारको छैनस्। ए इस्राएल, तँ मसँग थकित भएको छस्।
अङ्ग्रेजीमा
“Do not call to mind the former things; pay no attention to the things of old. Behold, I am about to do something new; even now it is coming. Do you not see it? Indeed, I will make a way in the wilderness and streams in the desert.सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ। यी सबै प्रमाणलाई हेर। अनि के मैले जे भनें सो सत्य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु।हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु। ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्नेछु।”किनभने कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुरा बितेर गएका छन्। हेर, ती नयाँ भएका छन्।सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु।” उहाँले भन्नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन्।”ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु। मरुभूमीमा पानीको तलाउ र सुख्खा जमिनमा पानीको मुल म बनाउनेछु।किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु। अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन।जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ। हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन्।तब लङ्गडो मानिस हरिणझैं उफ्रनेछ र गूँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मुल फुट्नेछ र उजाड-स्थानमा खोलाहरू बग्नेछन्। जल्ने बालुवा तलाउ बन्नेछ र सुख्खा जमिन पानीको मुल हुनेछ। कुनै बेला स्यालहरू बस्ने ठाउँहरूमा नर्कट र काँशको घाँस हुनेछ। त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ। अवित्रहरूले त्यसमा यात्रा गर्नेछैनन्। तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ। यसमा कुनै मूर्ख जानेछैन। त्यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्दो जङ्गली जनावर हुनेछैन। तिनीहरू त्यहाँ भेट्टइनेछैनन्, तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन्। परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ। खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ। कष्ट र सुस्केरा भाग्नेछ।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार