गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 सेप्टेम्बर › सेप्टेम्बर 28
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 सेप्टेम्बर 28
मङ्गलबार · सामान्य कालको 26औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 26औँ हप्ताको मङ्गलबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
सन्त भेन्सेस्लस, शहीद · ऐच्छिक स्मृति-दिवस
सन्त लरेन्स रुइज र साथीहरू, शहीद · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
20सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: विभिन्न सहरहरूमा बस्ने सबै मानिसहरू फेरि आउनेछन्। 21एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ।’ 22धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्! 23सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्वर तपाईंसँग हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ!’”
प्रत्युत्तर भजन
1उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ। 2याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ। 3हे परमेश्वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ। सेला 4“मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु। हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्नेछन् 'यो त्यहाँ जन्मियो'।” 5सियोनको बारेमा यसो भनिनेछ, “यिमध्ये हरेक त्यहाँ जन्मेका थियो। अनि सर्वोच्चले नै त्यसलाई स्थापित गर्नुहुनेछ।” 6परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्नुहुन्छ, “यो त्यहाँ जन्मेको थियो।” सेला 7त्यसैले पनि गायकहरू र नाच्नेहरूले पनि मिलेर भन्छन्, “मेरा सबै मूलहरू तँमा छन्।”
सुसमाचार
51जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो। 52उहाँले आफूभन्दा अगि सन्देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे। 53तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो। 54जब उहाँका चेलाहरू यूहन्ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्ट गर्न हामी आज्ञा गरौँ?” 55तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो। 56तब उहाँहरू अर्को गाउँतिर जानुभयो।
आजका सन्तहरू
- सन्त भेन्सेस्लस, शहीद
- सन्त लरेन्स रुइज र साथीहरू, शहीद
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार