Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अगस्ट › अगस्ट 20

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 अगस्ट 20

शुक्रबार · सामान्य कालको 20औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 20औँ हप्ताको शुक्रबार

स्मृति-दिवस · धर्मविधिको रङ: सेतो

क्लेयरभोका सन्त बर्नार्ड, मठाधीश र मण्डलीका आचार्य · स्मृति-दिवस

उपवास र प्रायश्चित्त

प्रायश्चित्तको दिन

हरेक शुक्रबार प्रायश्चित्तको दिन हो; हरेक बिशप सम्मेलनले यो कसरी मानिने भनेर तोक्छ: मासुबाट परहेज वा प्रायश्चित्तको अर्को काम। उपवास 18 देखि 59 वर्षसम्म, परहेज 14 वर्षदेखि लागू हुन्छ।

दिनका पाठहरू

पहिलो पाठ

रूथ 1:1, 3–6, 14–16, 22

1न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्‍यो। यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्‍नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए। 3त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन्। 4यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे। 5त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे। 6त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन्। 14त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए। ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन्। 15नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन्। तिम्री बहिनीसँगै फर्केर जाऊ।” 16रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। 22यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के। तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे।

प्रत्युत्तर भजन

भजनसंग्रह 146:5–10

5त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ। 6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो। उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ। 7थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्‍त गर्नुहुन्छ। 8परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ। परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ। परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ। 9परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ। उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ। तर उहाँले दुष्‍टहरूको विरोध गर्नुहुन्छ। 10परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ। परमप्रभुको प्रशंसा गर।

सुसमाचार

मत्ती 22:34–40

34तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए। 35तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्‍न सोधे, 36“गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो?” 37येशूले उनलाई भन्‍नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू। 38योचाहिँ पहिलो र महान् आज्ञा हो। 39अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’ 40सारा व्यवस्था र अगमवक्‍ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन्।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार