Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अप्रिल › अप्रिल 23

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 अप्रिल 23

शुक्रबार · पास्का कालको चौथो हप्ता

पर्व र सन्तहरू

पास्का कालको चौथो हप्ताको शुक्रबार

ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: सेतो

सन्त अडाल्बर्ट, बिशप र शहीद · ऐच्छिक स्मृति-दिवस

सन्त जर्ज, शहीद · ऐच्छिक स्मृति-दिवस

उपवास र प्रायश्चित्त

प्रायश्चित्तको दिन

हरेक शुक्रबार प्रायश्चित्तको दिन हो; हरेक बिशप सम्मेलनले यो कसरी मानिने भनेर तोक्छ: मासुबाट परहेज वा प्रायश्चित्तको अर्को काम। उपवास 18 देखि 59 वर्षसम्म, परहेज 14 वर्षदेखि लागू हुन्छ।

दिनका पाठहरू

पहिलो पाठ

प्रेरित 13:26–33

26भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ। 27यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे। त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे। 28उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे। 29जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे। 30तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो। 31गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो। अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन्। 32यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ। 33परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो। जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।’

प्रत्युत्तर भजन

भजनसंग्रह 2:6–11

6“मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु।” 7परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु। उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु। 8मसँग माग र तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू दिनेछु र पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा दिनेछु। 9तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ। कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।” 10त्यसैले ए राजाहरू हो, सावधान होओ। ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ। 11भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ।

सुसमाचार

यूहन्ना 14:1–6

1“तिमीहरूको हृदय विचलित नहोस्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर। 2मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन्। यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु। 3म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ। 4तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ।” 5थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्‍ने?” 6येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार