Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 डिसेम्बर › डिसेम्बर 3

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 डिसेम्बर 3

बिहीबार · आगमन कालको पहिलो हप्ता

पर्व र सन्तहरू

आगमन कालको पहिलो हप्ताको बिहीबार

स्मृति-दिवस · धर्मविधिको रङ: सेतो

सन्त फ्रान्सिस जेभियर, पुरोहित · स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

यशैया 26:1–6

1त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ। परमेश्‍वरले मुक्‍तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ। 2ढोका खुल्‍ला गर, जसले गर्दा विश्‍वास कायम राख्‍ने धर्मी जाति भित्र आउन सकोस्। 3तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ। 4सदासर्वदा परमप्रभु विश्‍वास गर। किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ। 5किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ। किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्‍नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ। उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ। 6यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ।

प्रत्युत्तर भजन

भजनसंग्रह 118:1, 8–9, 19–21, 25–27

1परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्‍छ। किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ। 8मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ। 9कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ। 19मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस्। तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु। 20यो परमप्रभुको ढोका हो। धर्मी यसबाट भित्र पस्‍छ। 21म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ। 25हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्! 26परमप्रभुको नाउँमा आउने धन्यको हो। तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौं। 27परमप्रभु परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ। वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध।

सुसमाचार

मत्ती 7:21, 24–27

21‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ। 24त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो। 25पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो। 26तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो। 27पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो। र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार