गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 डिसेम्बर › डिसेम्बर 2
अर्थोडक्स पात्रो · नोभेम्बर 19 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2026 डिसेम्बर 2
बुधबार · पेन्तिकोसपछिको 27औँ हप्ता · स्वर 1
पर्व र सन्तहरू
Prophet Obadiah (9th C BC)
जन्मोत्सवको उपवास
उपवास: तेलसहित
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
पत्र
22कसैमाथि पनि हात राख्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। तिमीले आफैँलाई पवित्र राख्नु पर्छ। 23तिमीले पानी मात्र नपिउनू बरू त्यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर। 24केही मानिसहरूका पापहरू स्पष्ट देखिने हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन्। तर केही पापहरू पछि मात्र जान्छन्। 25त्यसैगरी केही असल कामहरू स्पष्ट हुन्छन्, तर अरूहरू पनि लुकाउन सकिन्नन्। 6:1दासत्वको जुवामूनि भएका सबैले आफ्ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्झून्। तिमीहरूले त्यसो गर्नुपर्छ ताकिे परमेश्वरको नाउँ र शिक्षा निन्दित नहोस्। 2विश्वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्दैमा अवहेलना गर्नु हुँदैन। बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ। 3मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्छ र वचन हाम्रो विश्वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्टको वचनलाई स्वीकार गर्दैन। मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्याउने शिक्षालाई स्वीकार गर्दैनन्। 4त्यो व्याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ। ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र, 5भ्रष्ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्पन्न गराउँछन्। तिनीहरू सत्यताबाट टाढा जान्छन्। तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्झन्छन। 6अब सन्तुष्टि सहितको भक्ति ठूलो लाभ हो। 7किनभने हामीले संसारमा केही ल्याउनौँ। न त केही लान नै सक्ने छौँ। 8बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्ट होऔँ। 9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्छन्। तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन्। 10रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो। यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन्। 11तर तिमी, परमेश्वरका जन, यी कुराहरूबाट भाग। धार्मिकता, भक्ति, विश्वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग।
सुसमाचार
1अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्नलाई आउँदै थिए। 2फरिसीहरू र शास्त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ।” 3येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, 4“तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन? 5त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ। 6जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु।’ 7म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ। 8अथवा कुन स्त्री होला जससँग दसवटा चाँदीका सिक्काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र? 9जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्का भेट्टाएकी छु।’ 10त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्चात्ताप गर्ने पापीका खातिर परमेश्वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ।”
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको नोभेम्बर 19 नागरिक पात्रोमा डिसेम्बर 2 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार