खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › एक हप्तामा पवित्र भूमि › पवित्र चिहानको गिर्जा
एक हप्तामा पवित्र भूमि · बिसौनी 1 · दिन 1
पवित्र चिहानको गिर्जा

बाइबलमा
येशूलाई गलगथा, खप्परे ठाउँमा क्रूसमा टाँगियो; नजिकै एउटा बगैँचामा नयाँ चिहान थियो जहाँ उहाँलाई राखियो। हप्ताको पहिलो दिन स्त्रीहरूले ढुङ्गा गुडाइएको भेट्टाए।
तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ। त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे।अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्तिलाई गाडिएको थिएन। यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे।जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून्। हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए। तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?” जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो। उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे। तिनले तिनीहरूलाई भने, “नडराओ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न। तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर।परम्परा
4औँ शताब्दीमा कन्स्टेन्टाइनले यहाँ निर्माण गर्दा नै दृढ भइसकेको परम्पराअनुसार, गलगथा र चिहान यही एउटै छानामुनि छन्। अर्को मतले तिनलाई पर्खालको उत्तरमा, बगैँचाको चिहानमा राख्छ।
आज यहाँ
कन्स्टेन्टाइनको गिर्जाका अवशेषहरूमाथि 1149 मा प्रतिष्ठित क्रुसेडरहरूको गिर्जा, जसलाई धेरै मण्डलीहरूले बाँडेर प्रयोग गर्छन्; भित्र गलगथाको चट्टान र चिहानमाथिको सानो मन्दिर।
पुराना तीर्थयात्रीहरूका आँखाबाट
देब्रेपट्टि गलगथाको सानो पहाड छ जहाँ प्रभुलाई क्रूसमा टाँगियो। त्यहाँबाट ढुङ्गा हानेको दूरीमा एउटा गुम्बज (क्रिप्टा) छ जसमा उहाँको शरीर राखियो, र तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुभयो।बोर्दोका तीर्थयात्री, 333 · हाम्रो अनुवाद
क्रूसको पछाडि गलगथामा विशपका लागि एउटा कुर्सी राखिन्छ, जुन क्रूस अहिले त्यहाँ उभिएको छ … त्यसपछि चाँदीमा सुन जलपिएको एउटा बाकस ल्याइन्छ, जसमा क्रूसको पवित्र काठ छ; त्यो खोलिन्छ, र भित्रका कुराहरू निकालेर, क्रूसको काठ र त्यसको शिलालेख पनि टेबलमा राखिन्छन्।एगेरिया, लगभग 381–384 · हाम्रो अनुवाद
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार