ULB · अध्याय 8 / 29
१ इतिहास 8
1बेन्यामीन पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह,
2नोहा र रफाका थिए।
3बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
4अबीशू, नामान, अहोह,
5गेरा, शपूपान र हुराम थिएन।
6एहूदका सन्तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
7नामान, अहियाह र गेरा। गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्याएका थिए। तिनी उज्जा र अहीहूदका पिता थिए।
8आफ्ना पत्नीहरू हुशीम र बारासित सम्बन्ध-बिच्छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने।
9सहरेम आफ्नी पत्नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्काम,
10यूस, साकिया र मिर्माका पिता बने। आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए।
11तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्पालका पिता भइसकेका थिए।
12एल्पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे)।
13बरीआ र शेमा पनि त्यहाँ थिए। तिनीहरू गातका बासिन्दाहरूलाई निकालेर अय्यालोनमा बस्नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए।
14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
15जबदियाह, आराद, एदेर,
16मिखाएल, यिश्पा र योहा बरीआका छोराहरू थिए।
17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
18यिश्मरै, यिज्लीअ, र योबाब थिए।
19शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्दी,
20एलीएनै, सिल्लतै, एलीएल,
21अदायाह, बरायाह र शिम्रात थिए।
22शाशकका छोराहरू यि नै थिएः यिश्पान, एबेर, एलीएल,
23अब्दोन, जिक्री, हानान,
24हनन्याह, एलाम, अन्तोतियाह,
25यिपदिया र पनूएल।
26यरोहामका छोराहरू यि नै थिएः शम्शरै, सहर्याह, अतल्याह,
27यारेश्याह, एलिया र जिक्री।
28यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्नेहरूका मुख्य मानिसहरू थिए।
29गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्थे, तिनकी पत्नीको नाउँ माका थियो।
30तिनका जेठा छोरा अब्दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
31गदोर, अहियो, र जेकेर, थिए।
32यीएलका अर्का छोरा मिक्लोत थिए, जो शिमाहका पिता भए। तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिक बस्थे।
33नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए। शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए।
34जोनाथनका छोरा मरीब्बाल थिए। मरीब्बाल मीकाका पिता थिए।
35मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए।
36आहाज यहोअदाका पिता बने। यहोअदा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए। जिम्री मोसका पिता थिए।
37मोस बिनेका पिता थिए। बिने रफाहका पिता थिए। रफाह एलासाका पिता थिए। एलासा आसेलका पिता थिए।
38आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
39तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्छा एलीपेलेत थिए।
40ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए। तिनीहरूका धेरै, जम्मा १५० जना छोराहरू र नातिहरू थिए। यी सबै जना बेन्यामीनका सन्तानहरू थिए।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org