गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › तीतस 3:2
बाइबलको पद · ULB
तीतस 3:2
कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ।
सन्दर्भमा
1शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्न र हरेक असल कामका लागि तयार बस्न,
2कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ।
3किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ। हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ। हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ। हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ।
4तर जब परमेश्वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्यो,
5हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो।
अङ्ग्रेजीमा
to malign no one, and to be peaceable and gentle, showing full consideration to everyone.सन्दर्भ-पदहरू
पाठकहरूले यससँग सबैभन्दा धेरै जोड्ने खण्डहरू।
सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्टता तिमीहरूले त्याग्नुपर्छ।परमेश्वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्ने र धैर्यवान् हुनुपर्दछ। उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ। सायद परमेश्वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ।त्यसकारण, परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर। एक अर्कालाई सहने गर। एक अर्कासँग कृपालु होओ। यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर।ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ। एकले अर्कालाई प्रेममा स्वीकार गर।स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार