गृहपृष्ठ › लोकप्रिय बाइबल पदहरू › उत्पत्ति 9:3
बाइबलको पद · ULB
उत्पत्ति 9:3
हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन्। मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु।
पूरा अध्याय पढ्नुहोस्: उत्पत्ति 9
सन्दर्भमा
1त्यसपछि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।
2जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ। ती तिमीहरूका हातमा सुम्पिएका छन्।
3हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन्। मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिएजस्तै अब म तिमीहरूलाई सबै थोक दिन्छु।
4तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ।
5तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु। हरेक पशुबाट म प्राणको साटो लिनेछु। आफ्नो भाइको हत्या गर्ने हरेक मानिसको हातबाट म त्यस मानिसको प्राणको साटो लिनेछु।
6जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो।
अङ्ग्रेजीमा
Everything that lives and moves will be food for you; just as I gave you the green plants, I now give you all things.स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार