Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › बाइबलका कथाहरू › अब्राहामसँग परमेश्‍वरको करार

बाइबलका कथाहरू · 50 मध्ये कथा 4

अब्राहामसँग परमेश्‍वरको करार

बाइबलमा यो कथा

अब्राहामसँग परमेश्‍वरको करार: जलप्रलयको धेरै वर्षपछि, संसारमा मानिसहरूको संख्या फेरि वृद्धि हुँदै गयो, र तिनीहरूले अझ परमेश्‍वर र एकअर्काको विरुद्धमा पाप गरे।…

जलप्रलयको धेरै वर्षपछि, संसारमा मानिसहरूको संख्या फेरि वृद्धि हुँदै गयो, र तिनीहरूले अझ परमेश्‍वर र एकअर्काको विरुद्धमा पाप गरे। किनकि तिनीहरू सबै एउटै भाषा बोल्ने गर्दथे, परमेश्‍वरले आज्ञा गर्नुभए बमोजिम पृथ्वीमा भरिनुको साटो उनीहरू एकसाथ भेला भएर एउटा सहर निर्माण गर्न लागे ।

अब्राहामसँग परमेश्‍वरको करार: तिनीहरू धेरै घमण्डी थिए, अनि परमेश्‍वरले भन्‍नुभएको कुरालाई तिनीहरूले वास्ता गरेनन् । तिनीहरूले स्वर्गसम्म पुग्‍नको लागि अग्लो…

तिनीहरू धेरै घमण्डी थिए, अनि परमेश्‍वरले भन्‍नुभएको कुरालाई तिनीहरूले वास्ता गरेनन् । तिनीहरूले स्वर्गसम्म पुग्‍नको लागि अग्लो धरहरा निर्माण गर्न थाले । यदि उनीहरू अझै एकसाथ दुष्ट कामहरू गर्दै गए भने उनीहरू अझै बढी अधर्मी हुनसक्ने परमेश्‍वरले देख्‍नुभयो ।

अब्राहामसँग परमेश्‍वरको करार: त्यसैले परमेश्‍वरले उनीहरूका भाषालाई अन्य थुप्रै भाषाहरूमा बदलिदिनुभयो अनि मानिसहरूलाई सारा संसारभरि तितर-बितर पारिदिनुभयो ।…

त्यसैले परमेश्‍वरले उनीहरूका भाषालाई अन्य थुप्रै भाषाहरूमा बदलिदिनुभयो अनि मानिसहरूलाई सारा संसारभरि तितर-बितर पारिदिनुभयो । उनीहरूले बनाउन सुरु गरेको सहरको नाउँ “बाबेल” थियो, जसको अर्थ “अलमल्लमा पर्नु” थियो ।

अब्राहामसँग परमेश्‍वरको करार: सयौँ वर्षपछि, परमेश्‍वर अब्राम नाउँ गरेका एकजना व्यक्तिसँग बोल्नुभयो । परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो देश र घरानालाई छोड् र…

सयौँ वर्षपछि, परमेश्‍वर अब्राम नाउँ गरेका एकजना व्यक्तिसँग बोल्नुभयो । परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो देश र घरानालाई छोड् र मैले तँलाई देखाउन लागेको ठाउँमा जा । म तँलाई आशिष् दिनेछु र तँलाई दिएको ठाउँलाई एउटा महान् राष्ट्र बनाउनेछु । म तेरो नाउँ महान् तुल्याउनेछु । म तेरो नाउँलाई ठूलो पार्नेछु । तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु अनि तँलाई श्रापदिनेहरूलाई म श्राप दिनेछु । पृथ्वीमा भएका सारा घरानाहरू तेरो कारण आशिषित् हुनेछन् ।”

अब्राहामसँग परमेश्‍वरको करार: अनि अब्रामले परमेश्‍वरको आज्ञा माने । उनले आफ्नी श्रीमती साराइ, आफ्ना सारा नोकरहरू र आफ्नो सबै थोक लिएर परमेश्‍वरले देखाउनुभएको…

अनि अब्रामले परमेश्‍वरको आज्ञा माने । उनले आफ्नी श्रीमती साराइ, आफ्ना सारा नोकरहरू र आफ्नो सबै थोक लिएर परमेश्‍वरले देखाउनुभएको देश कनान तिर लागे ।

अब्राहामसँग परमेश्‍वरको करार: जब अब्राम कनानमा आइपुगे, परमेश्‍वरले भन्‍नुभयो, “आफ्नो चारैतिर हेर । तँ र तेरा सन्तानलाई तैँले देख्‍नसके जति सबै देश पैतृक…

जब अब्राम कनानमा आइपुगे, परमेश्‍वरले भन्‍नुभयो, “आफ्नो चारैतिर हेर । तँ र तेरा सन्तानलाई तैँले देख्‍नसके जति सबै देश पैतृक सम्पत्तिको रूपमा तँलाई दिनेछु ।” अनि अब्राम त्यस देशमा बस्‍न लागे ।

अब्राहामसँग परमेश्‍वरको करार: एकदिन, अब्रामले सर्वोच्च परमेश्‍वरका पूजाहारी, मल्कीसेदेकलाई भेटे । मल्कीसेदेकले अब्रामलाई आशिष् दिएर भने, “आकाश र पृथ्वीका…

एकदिन, अब्रामले सर्वोच्च परमेश्‍वरका पूजाहारी, मल्कीसेदेकलाई भेटे । मल्कीसेदेकले अब्रामलाई आशिष् दिएर भने, “आकाश र पृथ्वीका मालिक, सर्वोच्चका परमेश्‍वरले तिमीलाई आशिष् दिऊन् ।” अनि अब्रामले मल्कीसेदेकलाई आफ्नो सारा सम्पत्तिको दशौं हिस्सा दिए ।

अब्राहामसँग परमेश्‍वरको करार: धेरै वर्ष बितिगए तर अब्राम र साराइको कुनै सन्तान भएको थिएन । परमेश्‍वर अब्रामसँग बोल्नुभयो र फेरि प्रतिज्ञा गर्नुभयो कि उसको…

धेरै वर्ष बितिगए तर अब्राम र साराइको कुनै सन्तान भएको थिएन । परमेश्‍वर अब्रामसँग बोल्नुभयो र फेरि प्रतिज्ञा गर्नुभयो कि उसको एउटा छोरा हुनेछ र उसका सन्तानहरू आकाशका तारा सरह हुनेछन् । अब्रामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे । परमेश्‍वरले अब्रामलाई धर्मी ठहराउनुभयो किनकि अब्रामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे ।

अब्राहामसँग परमेश्‍वरको करार: अनि परमेश्‍वरले अब्रामसँग एउटा करार बाँध्‍नुभयो । करारचाहिँ दुई पक्षबीचको सम्झौता हो । परमेश्‍वरले भन्‍नुभयो, “तेरो आफ्नै…

अनि परमेश्‍वरले अब्रामसँग एउटा करार बाँध्‍नुभयो । करारचाहिँ दुई पक्षबीचको सम्झौता हो । परमेश्‍वरले भन्‍नुभयो, “तेरो आफ्नै शरीरबाट म तँलाई एउटा छोरा दिनेछु । कनान देश म तेरा सन्तानहरूलाई दिनेछु ।” तर अब्रामसँग अझै पनि एउटै छोरा थिएन ।

स्रोतहरू: Open Bible Stories © unfoldingWord · Open Bible Stories: Door43 World Missions Community, CC BY-SA 4.0 · © Sweet Publishing, CC BY-SA 3.0 · स्रोत र अधिकार

बाइबलका कथाहरू

पछिल्ला कथाहरू

बाइबलका कथाहरू