गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 डिसेम्बर › डिसेम्बर 7
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 डिसेम्बर 7
मङ्गलबार · आगमन कालको दोस्रो हप्ता
पर्व र सन्तहरू
आगमन कालको दोस्रो हप्ताको मङ्गलबार
स्मृति-दिवस · धर्मविधिको रङ: सेतो
सन्त एम्ब्रोज, बिशप र मण्डलीका आचार्य · स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
1तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना। 2यरूशलेमसँग कोमलत भएर बोल। अनि त्यसलाई घोषणा गर, त्यसका युद्ध समाप्त भएको छ, त्यसका अधर्म क्षमा गरिएको छ, आफ्ना सबै पापहरूका निम्ति त्यसले परमप्रभुबाट दोब्बर पाएको छ।” 3एउटा आवाजले कराउँछ, “उजाड-स्थानमा परमप्रभुको बाटो तयार पार। अरबमा हाम्रा परमेश्वरको निम्ति मुल बाटो सोझो बनाओ।” 4हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ। खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ। 5र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्नेछन्। किनकि परमप्रभुको मुखले यो बोलेको छ। 6एउटा आवाजले भन्छ, “करा।” अर्कोले जवाफ दिन्छ, “मैले के भनेर कराउने?” सबै प्राणी घाँस हो र तिनीहरूका विश्वस्तताका करार सबै खेतबारीका फुलजस्तै हो। 7यसमाथि परमप्रभुको सास पर्दा घाँस ओइलाउँछ र फुल सुक्छ। निश्चय नै मानवहरू घाँसै हुन्। 8घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहन्छ।” 9ए सुसमाचार ल्याउनेहरू हो, उच्च पहाड सियोनमाथि जाओ। हे यरूशलेम ठुलो सोरमा कराओ। ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ। यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!” 10हेर, परमप्रभु परमेश्वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ। हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन्। 11एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्मा गर्नुहुन्छ र तिनीहरूलाई आफ्ना हृदयको छेउमा बोक्नुहुन्छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्याउनुहुन्छ।
प्रत्युत्तर भजन
1परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ। हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ। 2परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन। उहाँको उद्धार दिनदिनै घोषणा गर। 3उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर। 10जातिहरू माझमा भन, “परमप्रभुले राज्य गर्नुहुन्छ।” संसार पनि स्थापित भएको छ। यसलाई डगाउन सकिंदैन। उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ। 11आकाश खुसी होस् र पृथ्वी आनन्दित होस्। समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस्। 12मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन्। वनका सबै रूखहरूले आनन्दले कराऊन्, 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ। उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ। उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ।
सुसमाचार
12तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्न हिँड्दैन र? 13अनि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ। 14त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न।
आजका सन्तहरू
- सन्त एम्ब्रोज, बिशप र मण्डलीका आचार्य
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र C, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार