Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मार्च › मार्च 8

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 मार्च 8

सोमबार · उपवास कालको चौथो हप्ता

पर्व र सन्तहरू

उपवास कालको चौथो हप्ताको सोमबार

ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: बैजनी

परमेश्वरका सन्त जोन, धर्मसङ्घी · स्मरण

दिनका पाठहरू

पहिलो पाठ

यशैया 65:17–21

17किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्न लागेको छु। अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन। 18तर मैले सृष्‍टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ। हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्‍टि गर्न लागेको छु। 19यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु। त्यसमा रुवाइ र कष्‍टको सोर कदापि सुनिनेछैन। 20त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन। न त वृद्ध मानिस अकालमा मर्नेछ। एक सय वर्षको उमेरमा मर्ने व्यक्‍तिलाई जवान भनिनेछ। एक सय वर्षको उमेरसम्म पुग्‍न नसक्‍ने कुनै पनि व्यक्‍ति श्रापित ठानिनेछ। 21तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन्। तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन्।

प्रत्युत्तर भजन

भजनसंग्रह 30:1, 3–5, 10–12

1हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन। 3हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ। तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्‍नुभएको छ। 4हे परमप्रभुका विश्‍वासी मानिसहरू हो, उहाँको स्‍तुति गाओ। उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ। 5किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्‍छ। तर उहाँको कृपा जीवनभरिको निम्ति हो। रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ। 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस्। हे परमप्रभु, मेरो सहायक हुनुहोस्। 11तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ। तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ। 12त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन। हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु।

सुसमाचार

यूहन्ना 4:43–54

43दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो। 44किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन। 45जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे। यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए। 46अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए। 47जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे। 48तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्नहरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ।” 49ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस्।” 50येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्‍छ।” येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे। 51तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे। 52यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे। तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो।” 53त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे। यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे। 54येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न थियो।

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार