गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 डिसेम्बर › डिसेम्बर 21
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 डिसेम्बर 21
सोमबार · आगमन कालको चौथो हप्ता
पर्व र सन्तहरू
डिसेम्बर 21
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: बैजनी
सन्त पिटर क्यानिसियस, पुरोहित र मण्डलीका आचार्य · स्मरण
दिनका पाठहरू
पहिलो पाठ
वा: सपन्याह 3:14–17
8मेरा प्रेमीको सोर सुनिएको छ। सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ। 9मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ। उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ। 10मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्नुभयो, “हे मेरी प्रिय, उठ। हे मेरी सुन्दरी, मसित आऊ। 11हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो। 12पृथ्वीमा फुलहरू देखा परेका छन्। छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ। 13अञ्जीरका बोटमा अञ्जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन्। तिनीहरूले आफ्ना बास्ना फिँजाउँछन्। हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ। 14पहराका धाँदाहरू, भिरालो पहाडका गुप्त चिराहरूमा बस्ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ। मलाई तिम्रो सोर सुन्न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ।”
प्रत्युत्तर भजन
भजनसंग्रह 33:2–3, 11–12, 20–21
2वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ। दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर। 3उहाँको निम्ति एउटा नयाँ गीत गाओ। निपुणता साथ बजाओ र आनन्दले गाओ। 11परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्ति रहन्छ। 12त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्नुभएको छ। 20हामी परमप्रभुको आसा गर्छौं। उहाँ हाम्रो सहायता र हाम्रो ढाल हुनुहुन्छ। 21हाम्रा हृदयहरू उहाँमा आनन्दित हुन्छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं।
सुसमाचार
39त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन्। 40जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन्। 41जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन्। 42तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस्।” 43तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो? 44तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो। 45अनी जसले विश्वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन्।”
आजका सन्तहरू
- सन्त पिटर क्यानिसियस, पुरोहित र मण्डलीका आचार्य
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार