Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 11

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 नोभेम्बर 11

बुधबार · सामान्य कालको 32औँ हप्ता

पर्व र सन्तहरू

सामान्य कालको 32औँ हप्ताको बुधबार

स्मृति-दिवस · धर्मविधिको रङ: सेतो

टुर्सका सन्त मार्टिन, बिशप · स्मृति-दिवस

दिनका पाठहरू

पहिलो पाठ

तीतस 3:1–7

1शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्‍न र हरेक असल कामका लागि तयार बस्‍न, 2कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ। 3किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ। हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ। हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ। हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ। 4तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो, 5हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो। 6परमेश्‍वरले हाम्रा उद्धारक येशू ख्रीष्‍टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो। 7ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्‍का उत्तराधिकारीहरू भयौँ।

प्रत्युत्तर भजन

भजनसंग्रह 23:1–6

1परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई कुनै कुरा खाँचो पर्नेछैन। 2उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ। उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ। 3उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ। 4मैले निस्‍पट्ट अँध्‍यारो छायाको बेसीमा हिंड्‍नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन्। 5मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ। मेरो कचौरा भरिएर पोखिन्छ। 6निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्‍तता मेरो पछि आउनेछ। र परमप्रभुको मन्‍दिरमा म सधैंभरि वास गर्नेछु।

सुसमाचार

लुका 17:11–19

11यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए। त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो। 12एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो। तिनीहरू उहाँभन्दा टाढा उभिए। 13र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस्।” 14जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ। र तिनीहरू गए अनि निको भए।” 15जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो।” 16उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो। ऊ एउटा सामरी थियो। 17येशूले उत्तर दिँदै भन्‍नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए? 18के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन र? 19उहाँले त्यसलाई भन्‍नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”

आजका सन्तहरू

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार