गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 अक्टोबर › अक्टोबर 16
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2026 अक्टोबर 16
शुक्रबार · सामान्य कालको 28औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 28औँ हप्ताको शुक्रबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
सन्त हेडविग, धर्मसङ्घी · ऐच्छिक स्मृति-दिवस
सन्त मार्गरेट मरियम अलाकोक, कुमारी · ऐच्छिक स्मृति-दिवस
उपवास र प्रायश्चित्त
प्रायश्चित्तको दिन
हरेक शुक्रबार प्रायश्चित्तको दिन हो; हरेक बिशप सम्मेलनले यो कसरी मानिने भनेर तोक्छ: मासुबाट परहेज वा प्रायश्चित्तको अर्को काम। उपवास 18 देखि 59 वर्षसम्म, परहेज 14 वर्षदेखि लागू हुन्छ।
दिनका पाठहरू
पहिलो पाठ
11येशू ख्रीष्टमा हामी परमेश्वरका सन्तानको रूपमा चुनिएका थियौँ। सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ। 12उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्वरले यो गर्नुभयो। हामी ख्रीष्टमा भरोसा राख्ने पहिलो व्यक्तिहरू थियौँ। 13ख्रीष्टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ। 14हामीले हाम्रो उत्तराधिकार प्राप्त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्चयताको प्रमाण हुनुहुन्छ। यो उहाँको महिमाको प्रशंसाको लागि हो।
प्रत्युत्तर भजन
1ए धर्मीहरू हो, परमप्रभुमा आनन्दित होओ। सोझाहरूले प्रशंसा गर्न सुहाउँछ। 2वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ। दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर। 4किनकि परमप्रभुको वचन ठीक छ र उहाँले गर्ने हरेक कुरा न्यायोचित छ। 5उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ। पृथ्वी परमप्रभुको करारको विश्वस्तताले पूर्ण छ। 12त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्नुभएको छ। 13परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ। उहाँले सबै मानिसलाई देख्नुहुन्छ।
सुसमाचार
1त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए। उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो। 2तर कुनै पनि कुराहरू यसरी गुप्त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस्। 3यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ। 4मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन्। 5तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु। त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ। हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ। 6के पाँचवटा भङ्गेरा दुई सिक्कामा बेचिँदैनन् र? परमेश्वरको दृष्टिबाट एउटा पनि बिर्सेको हुँदैन। 7तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ। उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ।
आजका सन्तहरू
- सन्त हेडविग, धर्मसङ्घी
- सन्त मार्गरेट मरियम अलाकोक, कुमारी
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र A, साताका दिनहरूको वर्ष II।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार