खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › सीनै › एर-राहाको मैदान
सीनै · बिसौनी 7 · दिन 2
एर-राहाको मैदान
समुद्र सतहभन्दा 1,600 मि. माथि
बाइबलमा
इस्राएलले पर्वतको सामुन्ने छाउनी हाले; मोशा त्यसमाथि रहँदा मानिसहरूले हारूनलाई देवताहरू बनाइदिन भने, र तिनले सुनको एउटा बाछो बनाए।
इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे। तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्ने उजाड-स्थानमा छाउनी हाले।जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलाइ गरेको देखे तिनीहरू हारूनको वरिपरि भेला भई तिनलाई भने, “हाम्रो अगिअगि जाने एउटा मूर्ति बनाऔँ। हामीलाई मिश्र देशबाट बाहिर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ।” त्यसैले हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ।” सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए। तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए। तब मानिसहरूले भने, “हे इस्राएल हो, मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन्।” हारूनले यो देखेपछि तिनले बाछाको सामु एउटा वेदी बनाए र यस्तो घोषणा गरे, “भोलि परमप्रभुको आदरको लागि एउटा चाड हुनेछ।” भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए। तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्न लागे।परम्परा
परम्पराअनुसार, पर्वतको उत्तरको यही फराकिलो मैदान हो जहाँ इस्राएलले छाउनी हाले; एगेरियालाई यहाँ बाछो बनाइएको ठाउँ देखाइयो।
आज यहाँ
रास सफ्सफाको फेदमा फराकिलो बलौटे मैदान, जसको केही भागमा सन्त क्याथरिन सहर बनेको छ।
पुराना तीर्थयात्रीहरूका आँखाबाट
यो त्यही ठूलो र समतल बेँसी हो जहाँ पवित्र मोशा परमेश्वरको पर्वतमा चढेर चालीस दिन र चालीस रात रहेका दिनहरूमा इस्राएलका सन्तानहरूले पर्खे।एगेरिया, लगभग 381–384 · हाम्रो अनुवाद
तिनीहरूले बाछो बनाइएको ठाउँ पनि देखाए; त्यस ठाउँमा आजसम्म एउटा ठूलो ढुङ्गा गाडिएको छ।एगेरिया, लगभग 381–384 · हाम्रो अनुवाद
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार