खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › एक हप्तामा पवित्र भूमि › दोमिनुस फ्लेभित
एक हप्तामा पवित्र भूमि · बिसौनी 6 · दिन 2
दोमिनुस फ्लेभित

बाइबलमा
येशू जैतून डाँडाबाट तल आउँदा चेलाहरूको भीडले ठूलो स्वरले परमेश्वरको प्रशंसा गर्यो। सहरलाई देखेर उहाँ त्यसका लागि रुनुभयो र शत्रुहरूले त्यसलाई घेर्ने दिनहरूबारे बोल्नुभयो।
उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले यसो भन्न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा!” त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस्।” येशूले जवाफ दिँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन्।” जब येशू सहरको नजिक पुग्नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो, “यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन्। किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन्। तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्नलाई तैँले बुझिनस्।परम्परा
मध्ययुगदेखिको परम्पराअनुसार, येशू यसै भिरालोमा, तीर्थयात्रीहरू टुप्पोबाट तल झर्ने बाटोमा, यरूशलेमका लागि रुनुभयो।
आज यहाँ
आँसुको थोपाको आकारको सानो गिर्जा, जुन 1956 मा एउटा बाइजान्टिन प्रार्थनाकक्षमाथि बनाइयो; यसको पश्चिमी झ्यालबाट पुरानो सहर सिधै देखिन्छ।
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार