खोजी गर्नुहोस् › तीर्थयात्रीहरू › यरूशलेम: पैदल पवित्र हप्ता › बेथफागे
यरूशलेम: पैदल पवित्र हप्ता · बिसौनी 2 · दिन 1
बेथफागे
बाइबलमा
जैतून डाँडाको बेथफागेबाट येशूले एउटी गधा र त्यसको बछेडो ल्याउन दुई चेलालाई पठाउनुभयो; उहाँ चढेर यरूशलेमतिर जानुभयो, र भीडहरूले बाटोमा लुगा र हाँगाहरू ओछ्याए।
जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो, र यसो भन्नुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ। तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ। यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन्।” अगमवक्ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो। उहाँले भन्नुभयो, “‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ।’” तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे। तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्नुभयो। भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए। येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्च्याए, “दाऊदका पुत्रलाई होसन्ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ! उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना!”परम्परा
परम्पराअनुसार, प्रार्थनाकक्षको एउटा ढुङ्गाले येशू गधामा चढ्नुभएको ठाउँ चिनाउँछ; त्यसमाथिका क्रुसेडर चित्रहरूले गधासहित चेलाहरू र लाजरसलाई जीवित पारेको घटना देखाउँछन्।
आज यहाँ
1954 मा वर्तमान रूप पाएको सानो फ्रान्सिस्कन प्रार्थनाकक्ष, जहाँबाट खजूर आइतबारको जुलुस जैतून डाँडा पार गर्दै निस्कन्छ।
पुराना तीर्थयात्रीहरूका आँखाबाट
र त्यहाँबाट, यरूशलेमतिर, बेथानियाबाट एक भेर्स्टमा एउटा खम्बा उभिएको छ; त्यस ठाउँमा मार्थाले येशूलाई भेटिन्; त्यहीँ, लाजरसलाई जीवित पारेपछि, ख्रीष्ट गधामा चढ्नुभयो।मठाधीश दानिएल, 1106–1108 · हाम्रो अनुवाद
यात्रा गर्नुअघि आफ्नो देशको यात्रा सल्लाह जाँच्नुहोस्। खुल्ने समय र ठाउँहरूका नियम बदलिन्छन् — तिनका आधिकारिक पृष्ठहरू हेर्नुहोस्।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार