खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › सोलोमन
राजाहरू र इतिहास सँगसँगै · सोलोमन
काँसाका दुई स्तम्भ
१ राजाहरू 7:15–22 · २ इतिहास 3:15–17
१ राजाहरू 7:15–2215हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे। प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो।
16तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए। हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो।
17हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए।
18यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए।
19दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए।
20दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए।
21तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे। दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो।
22स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो। यसरी स्तम्भहरूको काम सम्पन्न भयो।
२ इतिहास 3:15–1715सोलोमनले मन्दिरको अगाडिपट्टिका निम्ति दुई वटा स्तम्भ बनाए, जसमा प्रत्येकको उचाइ पैंतीस हात थियो। तिमाथि भएका स्तम्भ-शिरहरू पाँच हात अल्गा थिए।
16तिनले स्तम्भका निम्ति सिक्रीहरू बनाए र ती स्तम्भका टुप्पामा राखे। तिनले सय वटा दारिम पनि बनाए र ती सिक्रीहरूमा जोडे।
17तिनले मन्दिरको अगाडि ती दुई वटा स्तम्भ खडा गरे, एउटा दाहिनेपट्टि र अर्को देब्रेपट्टि स्तम्भहरू खडा गरे। दाहिनेपट्टिको स्तम्भको नाउँ तिनले याकीन र देब्रेपट्टिको स्तम्भको नाउँ बोअज राखे।
चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।
स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार