Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › बाइबलका कथाहरू › पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे

बाइबलका कथाहरू · 50 मध्ये कथा 44

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे

बाइबलमा यो कथा

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: एकदिन, पत्रुस र यूहन्‍ना मन्दिर जाँदैथिए । जसै उनीहरू मन्दिरको ढोकामा आईपुगे, उनीहरूले एकजना लङ्गडो मानिसलाई देखे जो…

एकदिन, पत्रुस र यूहन्‍ना मन्दिर जाँदैथिए । जसै उनीहरू मन्दिरको ढोकामा आईपुगे, उनीहरूले एकजना लङ्गडो मानिसलाई देखे जो पैसाको निम्ति भिख मागिरहेको थियो ।

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: पत्रुसले त्यस लङ्गडो मानिसतिर हेरेर भने, “तिमीलाई दिन मसित पैसा त छैन । तर मसित जे छ, म तिमीलाई दिनेछु । येशूको…

पत्रुसले त्यस लङ्गडो मानिसतिर हेरेर भने, “तिमीलाई दिन मसित पैसा त छैन । तर मसित जे छ, म तिमीलाई दिनेछु । येशूको नाउँमा, उठ र हिँड

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: तुरुन्तै, परमेश्‍वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, अनि ऊ हिँड्दै र उफ्रिदैँ परमेश्‍वरको प्रशंसा गर्न लाग्यो ।…

तुरुन्तै, परमेश्‍वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, अनि ऊ हिँड्दै र उफ्रिदैँ परमेश्‍वरको प्रशंसा गर्न लाग्यो । मन्दिरको चोकमा भएका मानिसहरू यो देखेर अचम्मित भए ।

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: एकैछिनमा मानिसहरूको भीड त्यस निको भएको त्यस मानिसलाई हेर्न आयो । पत्रुसले तिनीहरूलाई भने, “यस मानिस निको पारियो भनेर…

एकैछिनमा मानिसहरूको भीड त्यस निको भएको त्यस मानिसलाई हेर्न आयो । पत्रुसले तिनीहरूलाई भने, “यस मानिस निको पारियो भनेर तपाईंहरू किन अचम्भित हुनुहुन्छ ? हामीले उनलाई हाम्रो आफ्नै शक्ति वा भलाइद्वारा निको पारेका होइनौँ बरू, यो त येशूको शक्ति उहाँले दिनुहुने विश्‍वास हो, जसले यस मानिसलाई निको पार्‍यो ।”

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: “तपाईंहरू नै हुनुहुन्छ जसले रोमी राज्यपाललाई येशूलाई मार्न भन्‍नुभयो । जीवनको रचनाकारलाई तपाईंहरूले मार्नुभयो तर…

“तपाईंहरू नै हुनुहुन्छ जसले रोमी राज्यपाललाई येशूलाई मार्न भन्‍नुभयो । जीवनको रचनाकारलाई तपाईंहरूले मार्नुभयो तर परमेश्‍वरले उहाँलाई मृत्युबाट उठाउनुभयो । तपाईंहरूलाई आफू के गर्दैहुनुहुन्छ भनी थाहा नभए तापनि, परमेश्‍वरले अगमवाणीहरूलाई पूरा गर्न तपाईंका कार्यहरूलाई चलाउनुभयो, कि मसिहले कष्ट भोग्‍नुहुनेछ र मर्नुहुनेछ । त्यसैले अब, पश्‍चाताप गर्नुहोस् र परमेश्‍वरतर्फ फर्कनुहोस् ताकि तपाईंहरूका पापहरू धोइऊन् ।”

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: पत्रुस र यूहन्‍नाले भनेका कुराहरूले गर्दा मन्दिरका अगुवाहरू धेरै रिसाएका थिए । त्यसैले तिनीहरूले उनीहरूलाई पक्रे र…

पत्रुस र यूहन्‍नाले भनेका कुराहरूले गर्दा मन्दिरका अगुवाहरू धेरै रिसाएका थिए । त्यसैले तिनीहरूले उनीहरूलाई पक्रे र झ्यालखानामा हालिदिए । तर धेरै मानिसहरूले पत्रुसको सन्देशलाई विश्‍वास गरे, र येशूमा विश्‍वास गर्ने मानिसहरूको संख्या करिब ५,००० भयो ।

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: अर्को दिन, यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अरू धार्मिक अगुवाहरूको सामु ल्याए । उनीहरूले…

अर्को दिन, यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अरू धार्मिक अगुवाहरूको सामु ल्याए । उनीहरूले पत्रुस र यूहन्‍नालाई सोधे, “कुन शक्तिद्वारा तिमीहरूले यस लङ्गडो मानिसलाई निको पार्‍यो ?”

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: पत्रुसले जवाफ दिए, “तपाईंहरूको सामु उभिरहेको यस मानिस येशू मसिहको शक्तिद्वारा निको पारियो । तपाईंहरूले येशूलाई…

पत्रुसले जवाफ दिए, “तपाईंहरूको सामु उभिरहेको यस मानिस येशू मसिहको शक्तिद्वारा निको पारियो । तपाईंहरूले येशूलाई क्रूसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो। तिमिहरुले उहाँलाई अस्‍विकार गर्यौ तर येशुको शक्ति बाहेक अरु कसैले बचाउन सक्दैन।

पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे: पत्रुस र यूहन्‍नाले त्यसरी साहसका साथ बोलेको देखेर ती अगुवाहरू छक्क परे किनभने तिनीहरूले देख्‍न सक्थे कि उनीहरू…

पत्रुस र यूहन्‍नाले त्यसरी साहसका साथ बोलेको देखेर ती अगुवाहरू छक्क परे किनभने तिनीहरूले देख्‍न सक्थे कि उनीहरू साधारण र अशिक्षित मानिसहरू थिए । तर पछि यी मानिसहरू येशूसँगै रहन्थे भनी तिनीहरूलाई याद भयो । पत्रुस र यूहन्‍नालाई चेतावनी दिएपछि तिनीहरूले उनीहरूलाई छोडिदिए ।

स्रोतहरू: Open Bible Stories © unfoldingWord · Open Bible Stories: Door43 World Missions Community, CC BY-SA 4.0 · © Sweet Publishing, CC BY-SA 3.0 · स्रोत र अधिकार

बाइबलका कथाहरू

पछिल्ला कथाहरू

बाइबलका कथाहरू