गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मे › मे 29
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 मे 29
शनिबार · सामान्य कालको आठौँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको आठौँ हप्ताको शनिबार
ऐच्छिक स्मृति-दिवस · धर्मविधिको रङ: हरियो
सन्त पल छैटौँ, पोप · ऐच्छिक स्मृति-दिवस
दिनका पाठहरू
पहिलो पाठ
यो अनुवादमा छैन
प्रत्युत्तर भजन
7परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने। परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने। 8परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने। परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्योति दिने। 9परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने। परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन्। 10तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन्। तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन्।
सुसमाचार
27उहाँहरू फेरि यरूशलेममा आउनुभयो। जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए। 28तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?” 29येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु। 30यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाफ देओ।” 31तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ?’ 32तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्ना अगमवक्ता हुन् भनी मान्थे। 33त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु।”
आजका सन्तहरू
- सन्त पल छैटौँ, पोप
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार